Friday, 11 September 2015

धरहराको तिन पुस्ता ?

धरहराको तिन पुस्ता ?
१८९० को भुकम्प अघिको धरहरा अर्थात १८८१ को धरहरा (पहिलो पुस्ता )
१९९० अघिको धरहरा !(दोश्रो पुस्ता )
२०७२ अघिको धरहरा ! (तेश्रो पुस्ता )
【कृपया जानकारी अध्यातिक शेयर गर्नुहोला】
धरहराको तिन पुस्ता ?
१८९० को भुकम्प अघिको धरहरा अर्थात १८८१ को धरहरा (पहिलो पुस्ता )
१९९० अघिको धरहरा !(दोश्रो पुस्ता )
२०७२ अघिको धरहरा ! (तेश्रो पुस्ता )
तस्बीरहरू सौजन्यः सुनिलबिक्रम थापा
भीमसेन थापाको निवास जनरल वाग र वि.सं. १८९० को भूकम्पमा परेको धरहरा ।
सौजन्यः पुरुषोत्तमशमशेर राणा
बनाउनासाथ चर्किएर भत्काएको अनुमान गरिएको धरहराको पेंटिंग।
१९९० सालको भूकम्पले भत्काएको अहिलेको धरहरा। (श्रोत गूगल )
किन बनाइएको थियो त् धरहरा ?
तान्त्रिक महाराज श्री ५ प्रताप सिंह शाह राजा भएको पौने तिन बर्षमै बिफरभै मरेपछि २.५ बर्षका श्री ५ रण बहादुर नेपालका राजा भए ! काका अधिराज कुमार बहादुर शाह र राजेन्द्र लक्ष्मीको नायवीमा नेपालको प्रशासन र एकीकरण चल्दै गयो ! मुख्तियार जनरल भीमसेन थापाको त्यसकाल खण्डमा खम्बाको रुपमा उदय हुँदै गएपछि उनले आफ्नो भाइ काजी नयन सिंह थापाकि १० बर्षकी छोरी ललित त्रिपुरा सुन्दरी श्री ५ रण बहादुर काशीबाट फर्के पछि बि. स १८६१मा बिहे गराए ! यहि बैबाहिक नाताको भर्याङ्ग समातेर भीमसेन थापा नेपालको इतिहाँसमा शक्तिशाली मुख्तियार र प्रधान मन्त्री बने भने इन्लेनै काजी नयन सिंहकी अर्की छोरी वाल नर्सिङ्ग कुवर संग बिहे गराए जसका छोरा जंग बहादुर हुन् पुगे ! श्री ५ रण बहादुरलाई उनकै सौतेनी भाइ श्री ५ प्रताप सिंहकि नेवारनी महारानी मैजुरानीका छोरा चौतारिया/युबराज शेर बहादुर शाहले काटिदिए ! यिनै शेर बहादुरलाई बाल नर सिंहले त्यहि ठाउमा तुरुन्तै काटे ! यिनै वाल बिधुवा ललित त्रिपुरा सुन्दरीलाई खुसीपार्न ठुला बाउ भीमसेन थापाले धरहरा विसं १८८१ सालमा निर्माण गर्न लगाए ! पछि काठमाडौँको बस्ती बाक्लिदै गएपछि हनुमान ढोकाबाट फ़ुकिएको बिगुल नसुनिने भए पछि सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने कार्यमा यसको उपयोग गर्न थालियो ! बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा गराउनु बिगुल फुक्नुको उद्द्येश्य रहन्थ्यो !
रजश्वला पनि नभएकी भतिजीको बिहे श्री ५ संग गराइदिएर रजश्वला नै नभैकन बिधुवा बन्नु परेको कारण पश्चाताप स्वरुप वि.सं. १८८१ मा ११ तले धरहराको निर्माण थालिएको थियो ! इतिहासकार पुरुषोत्तमशमशेर राणाको संकलनमा रहेको ठाडो चर्केको चित्र संभवतः भूकम्पपछिको त्यही ' धरहरा 'को थियो वा बनाउनासाथ चर्केकोले भत्काएर फेरि बनाउनुअघिको पनि हुनसक्छ ! तर त्यो धरहरा भूकम्पपछि पुनर्निर्माण नभएर इतिहासको गर्भमै अँध्यारोमा हरायो ! पछि धरहरालाई राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान रुपमा हेर्न थालियो ! कसैकसैले अंग्रेजले वार्षिक भारु २ लाख दिएर अधीनमा पार्न खोजेको तराईको भूभाग फिर्ता लिएको प्रतीकको रुपमा पनि यसलाई हेर्न थाले ! यहि धरहराको उत्तर पूर्वमा भीमसेन थापाको निवास जनरल बाग थियो ! उक्त निवासको दक्षिण–पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको ११ तले पहिलो धरहरा नौ वर्षपछि १८९० को भूकम्पमा परेर पनि जोगिएको वा चर्किएको अवस्थामा पूनः निर्माण गरी सो भीमसेन स्तम्भ १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले भत्काइदिएकोले राणा प्रधानमन्त्री जुद्धशमशेरले पुरानै धरहराको चिनारी स्वरूप नयाँ धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट गराई नौ तलामा सीमित गरी बरण्डा निकालेर उचाइ ६१.८८ मिटर (२०३ फिट) , २१३ सिँढी (भित्र )र बाहिर २५ सिँढी,माथिल्लो तलामा शिवलिङ्ग सहित मूगल शैलीमै निर्माण गराएका थिए ! वरिपरिको पर्खाल पनि सोहि शैलीमै थियो जुन २०७२ बैशाख १२ गते समूल नष्ट भयो ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाको संकलनमा रहेको ठाडो चर्केको चित्र संभवतः भूकम्पपछिको त्यही धरहरा को थियो वा बनाउनासाथ चर्केकोले भत्काएर फेरि बनाउनुअघिको पनि हुनसक्छ। तर त्यो धरहरा भूकम्पपछि पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै धरहराको इच्छा गरेपछि भीमसेनले १८८१ मा बनाइदिएको धरहरा १९९० सालको भैचालोले लग्यो !जुद्ध समशेर ले बनाइदिएको धरहरा हिंजो अस्तिको धरहरा थियो !
सोर्स : प्रवीण अधिकारी ज्यु को फेसबुक बाट साभार

No comments:

Post a Comment