भीमसेन थापा (सन् १७७५ - सन् १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन् ।
वाल्यकाल
भिमसेन थापा (बगाले)को जन्म गोरखा जिल्लाको वोर्लाङ गाउँमा वि. सं. १८३२ जेठ १० गतेका दिन भएको थियो । उनी ११ वर्षको उमेरमा नेपाली राजदरवारको सम्पर्कमा आएका थिए । उनका पिता मेजर अमरसिंह थापा (नेपाल अङ्ग्रेज युद्धका नायक) पृथ्वीनारायण शाहका बिश्वाशीला सैनिक थिए। भीमसेन थापा रणबहादुर शाहका निजी सचिब भएर २२ वर्षको उमेरमा बनारस संगै गएका थिए।
उपलब्धि
बनारसको बसाईको बेला उनले बेलायती साम्राज्यको नजीकबाट अध्ययन गरे। राजा नेपाल फर्केपछि उनी नेपालका प्रधानमन्त्री भए। त्यस पछि उनले ३१ वर्ष सम्म ६ राजाहरूको अन्तरगत प्रधानमन्त्रीको रूपमा काम गरे। उनले १८१६मा इष्ट इण्डिया कम्पनीका बिरूद्ध लडाईको घोषणा गरे। विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो। युद्धपछि पनि उनले १३ वर्ष सम्म शासन गरे। त्यस बेलामा उनले थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे। सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो। थुप्रै समाजिक कुरितीहरू हटाए। सार्वजनिक प्रशासनमा सुधारहरू गरे। धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए। विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एसियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए। महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए। १८६२ मा काजी र त्यसपछी मूलकाजी र जनरल भएका भिमसेन थापाले साम्राज्यवाद विरुद्ध अनवरत संघर्ष गरेर नेपालको सिमाना सतजलसम्म पुर्याएका थिए भने यिनकै पालामा पाल्पालाई नेपालमा गाभिएको थियो । सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए।
सामाजिक सुधार
- कमारा कमारी राख्न नपाउने व्यबस्था
- नेवारहरूको चाडमा खर्चको सिमा तोक्ने काम
- नाप तौलमा सुधार र ब्याजदरमा निर्धारण गर्ने काम
- हुलाकको व्यबस्था
- विबाह प्रथामा सुधार जस्तै सानिमा बेहोर्ने प्रथा
- जग्गालाई हले, पाटे, कोदालेको आधारमा अभिलेख राख्ने व्यबस्था
प्रशासनिक सुधार
- घुस लिन नपाउने व्यबस्था
- राहदानी वितरणको व्यबस्था
- सेना, जर्नेल, कर्नेल,क्यप्टन आदिपदको सिर्जना
- सेना,प्रहरीलाई आधुनिक प्रसिक्षण दिने व्यबस्था
- छाउनी र ब्यारेकको व्यबस्था
No comments:
Post a Comment