Tuesday, 17 October 2017

लौ आयो है सहयोगदाताहरुको लामै लिष्ट


समस्त बगाले थापा क्षत्रीहरुको ऐतिहासिक उद्गमस्थल तथा कुलपितृ तिर्थस्थल धौलागिरी गाउँपालिका ताकम धारापानी मातावारीमा निर्माणाधिन केन्द्रिय निशान कालिका मन्दिर तथा बन्धु समाजघर निर्माणका लागि २०७४ असोज २० गतेसम्म सहयोगार्थ संकलित सहयोग विवरण ।
(सहयोग गर्न चाहानुहुने बन्धु महानुभावहरुले सम्पर्कका लागि अध्यक्ष भीम बहादुर थापा ९८५७६२४११४, सचिव राज थापा ९८५७६२२९२१, कोषाध्यक्ष रीम प्रकाश थापा ९८४७६११४३३ एवम् समितिका सदस्यहरुसँग वा बगाले थापा क्षत्री समाज धवलागिरीको नाममा रहेको ने.वैंलि. बागलुङ चल्ति खाता नं. २२–११–५९५६७ वा प्रभु बैंक म्याग्दी दरवाङ्ग शाखाको चल्ति खाता नं. ०९४११६००६६७७६१०००००१ मा सिधै जम्मा गर्न सक्नुहुनेछ ।) 

Sunday, 15 October 2017

नवलपरासीमा रहनुहुने बन्धुहरुको आर्थिक सहयोग

निशान कालिका मन्दिरको सहयोगार्थ संकलित सहयोग विवरण

समस्त बगाले थापा क्षत्रीहरुको ऐतिहासिक उद्गमस्थल तथा कुलपितृ तिर्थस्थल धौलागिरी गाउँपालिका ताकम धारापानी मातावारीमा निर्माणाधिन केन्द्रिय निशान कालिका मन्दिर तथा बन्धु समाजघर निर्माणका लागि २०७४ असोज २० गतेसम्म सहयोगार्थ संकलित सहयोग विवरण ।
(सहयोग गर्न चाहानुहुने बन्धु महानुभावहरुले सम्पर्कका लागि अध्यक्ष भीम बहादुर थापा ९८५७६२४११४, सचिव राज थापा ९८५७६२२९२१, कोषाध्यक्ष रीम प्रकाश थापा ९८४७६११४३३ एवम् समितिका सदस्यहरुसँग वा बगाले थापा क्षत्री समाज धवलागिरीको नाममा रहेको ने.वैंलि. बागलुङ चल्ति खाता नं. २२–११–५९५६७ वा प्रभु बैंक म्याग्दी दरवाङ्ग शाखाको चल्ति खाता नं. ०९४११६००६६७७६१०००००१ मा सिधै जम्मा गर्न सक्नुहुनेछ ।) 


Saturday, 31 December 2016

चित्तरञ्जनसँग 'भीमसेन' संवाद

अन्नपूर्ण शनिवार, असोज १५, २०७३ 

Wednesday, 16 September 2015

इतिहासको एउटा ट्र्याजिडी भीमसेन थापाको आत्महत्या


हिमेशरत्न वज्राचार्य

श्रावण ११ - ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए । सायदै कसैले सोचेको थियो, मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका यिनको मृत्यु यति दुःखद हुनेछ । ग्रिक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य ।

Tuesday, 15 September 2015

बडाकाजी अमरसिंह थापाहरु क्षत्री नै हुन, हैन भन्ने को हुन?

  कान्तिपुरमा प्रकाशित यो लेखको चर्चा  परिचर्चा र प्रतिकृयाहरु  पनि यथेष्टमात्रामा आएका थिए ।
तपाईले यो लेख पहिले पनि  पढ्नु भएको थियो कि थिएन  ।

Monday, 14 September 2015

अंग्रेज युद्धको सम्झनामा उजीरसिंह थापा : रणउजीरेश्वरी जात्रा (तानसेन, पाल्पा)


२० भदौ, पाल्पा । तत्कालिन नेपाल-अंग्रेज युद्धको सम्झनामा आइतवार पाल्पाको तानसेनमा जात्रा निकालिएको छ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप तानसेनमा एक सय ९६ औं जात्रा निकालिएको हो ।
Bhagawati-Jatra-Palpa
वि.सं. १९७२ मा अंग्रेजसँगको युद्धमा जानुअघि तत्कालिन तैनाथवाला कर्णेल उजीरसिंह थापाले अष्टभुजा माता भगवतीलाई लडाइँ जित्नेका साथ भाकल गरेका थिए ।

माथवर सिंह थापा

माथवर सिंह थापा (१९०० - १९०२) सन् १८४३ दिसेम्बर २५ देखि १८४५ मे १७ सम्म नेपाल का प्रधानमन्त्री थिए।

Wednesday, 9 September 2015

बगाले थापा क्षत्रीको कुलपूजा विधि


                                                                          –भीम बहादुर थापा 
हाम्रा कुल देवता श्री शंकर भगवानको आर्शिवाद र हाम्रो गौरवशाली पराक्रमको प्रसादले बगाले थापा क्षत्रीहरु नेपालको एकीकरण पूर्व देशको विभिन्न  भूखण्डमा राजा भएका थिए भने नेपालको एकीकरण पश्चात नेपालको प्रथम प्रधानमन्त्री, मूख्तियार र कमाण्डर–इन–चिफसम्म भएका थिए ।

हाम्रा पूर्वजको रगत र पसिनाले आर्जेको ग्रेटर नेपाल आज साँगुरिंदै गइरहेको छ ।



लेख हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Monday, 7 September 2015

बगाले थापाको ऐतिहासिक रुपरेखा (२)


१. बगाले थापाको प्राचीनता र राजकाज:

नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि रहेका छन् । बडाकाजी अमरसिंह थापा, मूख्तियार तथा कमाण्डर–इन–चिफ भीमसेन थापा र नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा यही थापा वंशका हुन् । यस वंशका मूल पुरुष कालु थापा हुन् । कालु थापा वि.सं. १२४६ मा डोटीका राजा भएका थिए ।

अनुसन्धानको क्रममा ऐतिहासिक ताकमकोट : डा. दिनबहादुर थापा, बमबहादुर थापा, राज थापा , तस्विर लक्ष्मण थापा , लेखक भीमबहादुर थापा



बगाले थापा क्षत्रीको ज्यामरुककोट राज्य ः केही टिपोट

लेखक- भीम बहादुर थापा

नेपालको प्रामाणिक इतिहास मानदेव प्रथमको ई.सं. ४६४ (वि.सं. ५२१बाट शुरु भएको मानिन्छ । त्यसभन्दा अगाडीका ऐतिहासिक सामाग्रीहरु प्राप्त हुन नसकेकोले यही सम्वतलाई नेपालको इतिहासको ‘सिमा सम्वत’ मान्नुपर्ने हुन्छ । मानदेवले भक्तपुरको चाङ्गुनारायणको मन्दिर परिसरमा स्थापित गरेको स्तम्भलेखमा आफ्नो तत्कालीन परिवारिक र सामरिक स्थितिको उल्लेख गर्दै “म क्षत्रीको धर्म बमोजिम दीक्षा लिएर बसको छु” भन्दै आफु क्षत्री भएको तथ्य दर्शाएका छन् ।

ताकम धारापानीमा बगाले थापाको निशान घर शिलान्यास


बगाले थापा बन्धुको उद्गम स्थल म्याग्दीको ताकम गाविसमा निशानघरको शिालान्यास गरिएको छ । बगाले थापा क्षेत्री समाज धौलागिरिको सक्रियतामा तथा ताकम गाविसका स्थानीय बन्धुहरुको सहयोगमा निशानघर निर्माण कार्य शुरु भएको हो ।
SAM_7243
ताकम १ धारापानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थानीय बयोबृद्ध धनबहादुर थापा, बगाले थापा धौलागिरि अञ्चल समितिका अध्यक्ष भिमबहादुर थापा, समितिका पुर्व अध्यक्ष एवं सल्लाहकार टमबहादुर थापा, निर्माण समितिका अध्यक्ष रिमप्रकाश थापा र सुवेदार पदमबहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

अमरसिंह थापा


Bada Kaji Amar Singh Thapa 2013-09-15 00-28.jpeg
अमरसिंह थापाको जन्म वि. स. १८०८मा भएको हो। उनीनेपाल अंग्रेज युद्धको बखत नेपालका सैनिक जनरल थिए। उनलाई नेपालकोराष्ट्रिय विभूति मानिन्छ। उनी बीर इमान्दार र विस्वाशी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सूदुर पश्चिमान्चनको रक्षाको जिम्मा पाएका थिए।

भीमसेन थापा


Bhimsen-thapa-painting.jpg


भीमसेन थापा (सन् १७७५ - सन् १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन् ।