
अमरसिंह थापाको जन्म वि. स. १८०८मा भएको हो। उनीनेपाल अंग्रेज युद्धको बखत नेपालका सैनिक जनरल थिए। उनलाई नेपालकोराष्ट्रिय विभूति मानिन्छ। उनी बीर इमान्दार र विस्वाशी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सूदुर पश्चिमान्चनको रक्षाको जिम्मा पाएका थिए।
त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्भोपरि ठानी विरता पुर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौं।
उनले गरेका प्रमुख योगदानहरू यस प्रकार छन्।
- नेपालको एकीकरणमा योगदान पश्चिम नेपालका जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन तथा कांगडालाई नेपालमा गाभ्ने काममा नेतृत्व गरे।
- पाल्पालाई नेपालमा गाभे
- महाकाली नदी भन्दा पश्चिमका राज्यहरूको संरक्षकको रूपमा सेवा प्रदान गरे।
- पंजावका राजा रंजीत सिंह बिरूद्ध युद्ध छेडे।
- अंग्रेजले नेपाल बिरूद्ध युद्ध शुरू गरे पछि नाहान, चम्बा, अल्मोडा, कांगडा, देहरादुन आदि ठाउँमा युद्ध लडे।
- उनको इच्छा विपरीत सुगौली सन्धि भएपछि उनी निर्वासमा गोसाइँकुण्ड गए। त्यहीँ यिनको निधन भयो।
No comments:
Post a Comment