Wednesday 16 September 2015

इतिहासको एउटा ट्र्याजिडी भीमसेन थापाको आत्महत्या


हिमेशरत्न वज्राचार्य

श्रावण ११ - ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए । सायदै कसैले सोचेको थियो, मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका यिनको मृत्यु यति दुःखद हुनेछ । ग्रिक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य ।

Tuesday 15 September 2015

बडाकाजी अमरसिंह थापाहरु क्षत्री नै हुन, हैन भन्ने को हुन?

  कान्तिपुरमा प्रकाशित यो लेखको चर्चा  परिचर्चा र प्रतिकृयाहरु  पनि यथेष्टमात्रामा आएका थिए ।
तपाईले यो लेख पहिले पनि  पढ्नु भएको थियो कि थिएन  ।

Monday 14 September 2015

अंग्रेज युद्धको सम्झनामा उजीरसिंह थापा : रणउजीरेश्वरी जात्रा (तानसेन, पाल्पा)


२० भदौ, पाल्पा । तत्कालिन नेपाल-अंग्रेज युद्धको सम्झनामा आइतवार पाल्पाको तानसेनमा जात्रा निकालिएको छ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप तानसेनमा एक सय ९६ औं जात्रा निकालिएको हो ।
Bhagawati-Jatra-Palpa
वि.सं. १९७२ मा अंग्रेजसँगको युद्धमा जानुअघि तत्कालिन तैनाथवाला कर्णेल उजीरसिंह थापाले अष्टभुजा माता भगवतीलाई लडाइँ जित्नेका साथ भाकल गरेका थिए ।

माथवर सिंह थापा

माथवर सिंह थापा (१९०० - १९०२) सन् १८४३ दिसेम्बर २५ देखि १८४५ मे १७ सम्म नेपाल का प्रधानमन्त्री थिए।

Wednesday 9 September 2015

बगाले थापा क्षत्रीको कुलपूजा विधि


                                                                          –भीम बहादुर थापा 
हाम्रा कुल देवता श्री शंकर भगवानको आर्शिवाद र हाम्रो गौरवशाली पराक्रमको प्रसादले बगाले थापा क्षत्रीहरु नेपालको एकीकरण पूर्व देशको विभिन्न  भूखण्डमा राजा भएका थिए भने नेपालको एकीकरण पश्चात नेपालको प्रथम प्रधानमन्त्री, मूख्तियार र कमाण्डर–इन–चिफसम्म भएका थिए ।

हाम्रा पूर्वजको रगत र पसिनाले आर्जेको ग्रेटर नेपाल आज साँगुरिंदै गइरहेको छ ।



लेख हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

Monday 7 September 2015

बगाले थापाको ऐतिहासिक रुपरेखा (२)


१. बगाले थापाको प्राचीनता र राजकाज:

नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि रहेका छन् । बडाकाजी अमरसिंह थापा, मूख्तियार तथा कमाण्डर–इन–चिफ भीमसेन थापा र नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा यही थापा वंशका हुन् । यस वंशका मूल पुरुष कालु थापा हुन् । कालु थापा वि.सं. १२४६ मा डोटीका राजा भएका थिए ।

अनुसन्धानको क्रममा ऐतिहासिक ताकमकोट : डा. दिनबहादुर थापा, बमबहादुर थापा, राज थापा , तस्विर लक्ष्मण थापा , लेखक भीमबहादुर थापा



बगाले थापा क्षत्रीको ज्यामरुककोट राज्य ः केही टिपोट

लेखक- भीम बहादुर थापा

नेपालको प्रामाणिक इतिहास मानदेव प्रथमको ई.सं. ४६४ (वि.सं. ५२१बाट शुरु भएको मानिन्छ । त्यसभन्दा अगाडीका ऐतिहासिक सामाग्रीहरु प्राप्त हुन नसकेकोले यही सम्वतलाई नेपालको इतिहासको ‘सिमा सम्वत’ मान्नुपर्ने हुन्छ । मानदेवले भक्तपुरको चाङ्गुनारायणको मन्दिर परिसरमा स्थापित गरेको स्तम्भलेखमा आफ्नो तत्कालीन परिवारिक र सामरिक स्थितिको उल्लेख गर्दै “म क्षत्रीको धर्म बमोजिम दीक्षा लिएर बसको छु” भन्दै आफु क्षत्री भएको तथ्य दर्शाएका छन् ।

ताकम धारापानीमा बगाले थापाको निशान घर शिलान्यास


बगाले थापा बन्धुको उद्गम स्थल म्याग्दीको ताकम गाविसमा निशानघरको शिालान्यास गरिएको छ । बगाले थापा क्षेत्री समाज धौलागिरिको सक्रियतामा तथा ताकम गाविसका स्थानीय बन्धुहरुको सहयोगमा निशानघर निर्माण कार्य शुरु भएको हो ।
SAM_7243
ताकम १ धारापानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थानीय बयोबृद्ध धनबहादुर थापा, बगाले थापा धौलागिरि अञ्चल समितिका अध्यक्ष भिमबहादुर थापा, समितिका पुर्व अध्यक्ष एवं सल्लाहकार टमबहादुर थापा, निर्माण समितिका अध्यक्ष रिमप्रकाश थापा र सुवेदार पदमबहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

अमरसिंह थापा


Bada Kaji Amar Singh Thapa 2013-09-15 00-28.jpeg
अमरसिंह थापाको जन्म वि. स. १८०८मा भएको हो। उनीनेपाल अंग्रेज युद्धको बखत नेपालका सैनिक जनरल थिए। उनलाई नेपालकोराष्ट्रिय विभूति मानिन्छ। उनी बीर इमान्दार र विस्वाशी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सूदुर पश्चिमान्चनको रक्षाको जिम्मा पाएका थिए।

भीमसेन थापा


Bhimsen-thapa-painting.jpg


भीमसेन थापा (सन् १७७५ - सन् १८३९) नेपालको दोस्रो तथा सबैभन्दा लामो समय सम्म पदमा रहेका नेपालका प्रधानमन्त्री तथा नेपालका राष्ट्रिय विभूति हुन् ।