Monday 7 September 2015

बगाले थापा क्षत्रीको ज्यामरुककोट राज्य ः केही टिपोट

लेखक- भीम बहादुर थापा

नेपालको प्रामाणिक इतिहास मानदेव प्रथमको ई.सं. ४६४ (वि.सं. ५२१बाट शुरु भएको मानिन्छ । त्यसभन्दा अगाडीका ऐतिहासिक सामाग्रीहरु प्राप्त हुन नसकेकोले यही सम्वतलाई नेपालको इतिहासको ‘सिमा सम्वत’ मान्नुपर्ने हुन्छ । मानदेवले भक्तपुरको चाङ्गुनारायणको मन्दिर परिसरमा स्थापित गरेको स्तम्भलेखमा आफ्नो तत्कालीन परिवारिक र सामरिक स्थितिको उल्लेख गर्दै “म क्षत्रीको धर्म बमोजिम दीक्षा लिएर बसको छु” भन्दै आफु क्षत्री भएको तथ्य दर्शाएका छन् ।
उनको राज्यकाल ई.सं.४६४ देखि ५०६ सम्म भएको मानिन्छ । मानदेव भन्दा पहिला देखि नै नेपालमा लिच्छवी शासन थियो तर निश्चित मिति किटान गर्न गाह्रो छ, तैपनि जयदेव द्धितियले पशुपतिनाथको प्राङ्गणमा ई.सं.७३२ मा स्थापित गरेको शिलालेख र मानदेवको माथि उल्लेखित शिला स्तम्भको आधारमा ई.संं २५० को आसपासमा लिच्छवी वंशका जयदेव प्रथम राजा भएको अनुमान गरिन्छ । लिच्छवीहरुको इतिहास नेपालको मूलप्रवाहको इतिहास भएकोले धेरै तथ्यहरु प्रष्ट भई सकेका छन् । लिच्छवीकालको प्रारम्भ तिरै नेपालको सुदूर पश्चिम र उत्तर तर्फ अति विकट क्षेत्रको पनि अझै विकट ठाउ“मा नेपालको प्रख्यात वीर जाति बगाले थापा क्षत्रीका पनि स–साना राज्यहरु थिए । जसरी बर्षौ पहिला शुरु भएर पनि लिच्छवीहरुको अर्थात नेपालकै मूल इतिहास ई.सं.४६४ बाट शुरु भएको मानिन्छ, त्यसैगरि बगाले थापा क्षत्रीहरुको इतिहास पनि ईश्वीको पा“चौं शताव्दीको मध्यतिर बाट शूरु भएतापनि वि.सं. १२४६ बाट इतिहासले किञ्चित गति लिन थालेको पाइन्छ । अझै शुद्ध प्रामाणित इतिहास त ८२२ वर्ष पछि बल्ल खोजिन थालेको छ । जुन कार्यलाई एउटा ठुलै दस्साहस भन्दा पनि हुन्छ । राज्यको लागि हुने आक्रमण, प्रत्याक्रमण र प्राकृतिक प्रकोपहरुबाट धेरै प्रमाणहरु लोप भई सकेका छन् । इतिहास लेख्ने अदम्य उत्साह भने छ । तर साक्षी प्रमाणहरु झिनामसिना मात्र छन् । यही मेसोमा यहा“ म्याग्दी जिल्लाका प्रख्यात कोटहरु मध्येको एक कोट ज्यामरुखकोटको थापाकालिन इतिहासको छोटो रुपरेखा कोर्ने प्रयास गरिएको छ ।
हुम्ला जिल्लामा एउटा तारा भन्ने गाउ“ छ । तारामा बस्ने निवासीहरुलाई ‘ताराली’ भनिन्छ । यिनै  तारालीहरुले दशैं–तिहार र हिउदतिर भैसी, च्याङग्रा, राडी–पाखी र जडिबुटी आदि लिएर व्यापार गर्न र हिमाली जाडो छल्न बेसीतिर झर्ने गर्छन । जाडो सकिएर गर्मी चढ्न थालेपछि यिनीहरु आफुलाई चाहिने सामान लिएर गाउ“तिर फर्कन्छन् । बर्षेनीको यो ब्यापारिक यात्राले ‘ताराली’ नाम हाम्रो समाजमा पूर्णरुपमा परिचित बनीसकेको छ । यही तारा भन्ने गाउ“ र आसपासका क्षेत्रहरुमा ईशाको पाचौं शताव्दीको मध्यतिर बगाले थापा क्षत्रीहरु राजाको रुपमा रहेको प्रमाण पाइएको छ । यी राजाहरुलाई तिव्वत (भोट) तर्फका स्थानिय शासकहरुले कस्तुरी, गलैंचा, जडिबुटी आदि उपहारको रुपमा पठाउने गर्दथे । यी उपहारहरु थापा राजाहरुलाई सम्मानको रुपमा पठाइन्थ्यो । कतै भोटका राजाहरुले थापा शासकहरुलाई कर पनि तिरको उल्लेख पाइन्छ । यी वर्णनहरुबाट थापाहरु त्यसबेला त्यस क्षेत्रका शक्तिशाली शासकहरु थिए होलान भन्ने अनुमान गर्न सकिन्छ । नेपालका धेरै इतिहासकारहरुले ईशाको बाह्रौ शताव्दीतिर भारतको कन्नौज आदि राज्यहरुमा मुसलमानको आक्रमण हुन थाले पछि त्यहा“को बासिन्दा कुमाउ, गढवाल हुदै न्पालको पश्चिमी क्षेत्रतिर खास गरी कर्णाली प्रश्रवण क्षेत्रमा प्रवेश गरी त्यहीबाट क्रमशः नेपाल भरि फैलिएको अनुमान गरेका छन् । यहा“निर सजिलै प्रश्न उठ्छ, के कर्णाली प्रश्रवण क्षेत्र त्यसबेला पूर्णरुपमा जनशुन्य थियो त ? उत्तर सहज छ । त्यो क्षेत्र जनशुन्य थिएन । त्यहा“ पूर्वकालदेखिनै बस्दै आएका बगाले थापा क्षत्री लगायतका विभिन्न जातथरका रैथानेहरु आबाद थिए । बगाले थापा क्षत्रीहरु भारतमा मुसलमानको आक्रमण हुनुभन्दा धेरै पहिले देखि नै कर्णाली प्रश्रवण क्षेत्रमा शासकिय शक्ति लिएर बसेका थिए । वि.सं. ११४५ को आसपास तिर जुम्लाका एकजना शासकले आफ्ना मन्त्री ‘सुयाल थापा’ लाई राज्यमा पकड जमाई राख्न ‘बगाले थापा’ संग मेलमिलाप गर्न आवश्यक ठानी दुवै थापाहरु बीच धर्मपत्र गराई दिएको प्रमाण पाईएको छ । उक्त धर्मपत्रमा राजाले दुवै थापा पक्षलाई जुम्लाको चन्दननाथ मन्दिरमा लगी “सुयल का पापमा बगाल्या पस्या तनलाई निर्फल हओस्, बगाल्याका पापमा पस्या तनलाई निर्फल हओस” भन्न उल्लेख गरिएको छ । यस प्रमाणबाट थापाहरु धेरै अघिदेखि कर्णाली प्रश्रवण क्षेत्रका केही ठाउ“हरुमा शक्तिशाली शासकका रुपमा स्थापित रहेछन् भन्ने बुझिन्छ । 
लिच्छवी शासन खुकुलो हु“दै गएपछि नेपालको पूर्व–पश्चिमतिर स–साना राज्यहरु निर्माण हुदै गए । यही क्रममा १२ औं शताव्दीको प्रारम्भतिर कर्णाली प्रश्रवण क्षेत्रमा शक्तिशाली खस राज्यको उदय भयो । खस राज्यका संस्थापक नागराज थिए । बगाले थापाहरु खस राजाका दरवारमा सैनिक र निजामति भारदारको रुपमा रहेका थिए । यिनै थापाहरुका बंशज कालु थापा बगाले थापा क्षत्रीका मूल पुरुष हुन् । कालु थापाको जन्म विक्रम सम्वत १२००मा भएको थियो । यिनी वि.सं. १२४६मा डोटीमा राजा भएका थिए । त्यसबेला सेनाका उच्च पदलाई ‘थापा’ भनिन्थ्यो, त्यही बेलाको फौजलाई बगाल पनि भनिन्थ्यो । त्यही बगालमा रहने हुनाले यी थापाहरुको कैरन बगाले रहन गएको हो । बगाले थापाहरुको गोत्र आत्रेय हो । कालु थापा डोटीको राजा हुनासाथ उनले राज्य विस्तार गर्दै केही वर्ष भित्रै रुकुमकोट, ताकमकोट, पुलाचौर र ज्यामरुककोटको राज्य कब्जा गरेका थिए । त्यसभन्दा अगाडी यी राज्यहरुमा मगर रजौटाहरुको शासन रहेको बुझिन्छ । यी राजइहरुको विजय पछि चारै राज्यहरुलाई कालु थापाले आफ्ना ४ र्भा छोराहरुलाई बा“डी दिएका थिए । जसअनुसार जेठा पुख्यारवर थापालाई पुर्ला, माइला तारापति थापालाई ताकमकोट, सा“ईला वीर थापालाई रुकुमकोट र कान्छा धर्मराज थापालाई ज्यामरुककोट वण्डामा परेको थियो । 
ज्यामरुखकोट अन्य थापा राज्यहरुको तुलनामा निकै सानो थियो । यो राज्य पूर्वमा म्याग्दीखोला र कालीगण्डकी नदी पश्चिममा ताराखोला उत्तरमा बरम्जा दक्षिणमा काठेखोला सम्म फैलिएको संकेत पाईन्छ । राजाको मुख्य दरवार हालको ज्यामरुककोट स्थित खड्गदेवी मन्दिरको परिसर वरिपरि रहेको आभास हुन्छ । हालसम्म पनि त्यहा“ थापाकालीन ईटा, ढुङ्गा, धानकुट्ने ओखल, धातुका टुक्रा आदि पाईन्छ । हतियारको रुपमा रहेको खु“डा, खुकुरी, तरवार, ढाल हाल ऐतिहासिक सामग्री प्रायः नष्ट भई सकेका छन् । दरबार परिसर देखि पूर्व पट्टिको डिलदेखि तल भिरकुनामा रहेको राजाले पानी ल्याउने कुवा केही बर्ष अघिसम्म सवुत नै थियो । हाल उक्त कुवा पहिरोले पुरेको छ । त्यही कुवा नजिकै केही वर्ष अघि एउटा पुरानो फलामको छेलो पाईएको थियो । चाडपर्वमा छेलो फाल्ने खेल यस भेगमा परापूर्व कालदेखि चल्दै आएको छ । अहिले पनि यो खेल निकै लोकप्रिय रुपमा प्चलित छ । उक्त छेलोको अवलोकन गर्ने र त्यसको फोटो भावी इतिहासमा समावेश गर्ने लेखकको इच्छा थियो । दुई बर्ष देखि खोजतलास गर्दा पनि उक्त छेलो पाउन सकिएन । ऐतिहासिक सामग्रीको हविगत यस्तै हुन्छ । मन्दिरको पश्चिमतिर नागदेवताको थान रहेको छ । ०६७ साल असोज १६ गते शनिवार बिहान करिव ३ः०० बजे तिर खड्ग मन्दिरको दलामा करिव ३ १÷२ फुट लामो र वयस्क मान्छेको बुढी औला जत्रो गालाई भएको धमिलो कालो रङको नाग देवताको दर्शन यस लेखकलाई प्राप्त भएको थियो । नागको दर्शन पाउनेमा लेखकसंगै, त्यस मन्दिरका पुजारी हरि सापकोटा, त्यहीका हिरा थापा, हर्क थापा, डिल ब., बागलुङ मल्मका लक्ष्मण थापा आदि हुनुहुन्थ्यो । ती नाग केही समयपछि आफ्नै थानमा गई अलप भएका थिए । ती नागको फोटो लेखकसंग सुरक्षित छ । बगाले थापाहरुलाई त्यस ठाउ“मा  कालिका मन्दिर बनाउन दिने नदिने बिषयमा अघिल्लो सा“झ केही विवाद भएको थियो । त्यस दिन नागदेवताको सामूहिक दर्शन पछि उक्त विवाद स्वतः साम्य भएको थियो । हाल कालिका मन्दिर निर्माण भईसकेको छ । धर्म रक्षती रक्षित । धर्मको रक्षा गरे, धर्मले हाम्रो रक्षा गर्छ । बुझ्नु पर्ने यत्ति मात्र हो । ज्यामरुककोट वि.सं. १२४८ तिर स्थापित भएको मानिन्छ । स्वतन्त्ररुपमा स्थापित यो राज्यको अस्तित्व थापा राज्य अन्र्तगत वि.सं. १५४५ सम्म करिव २९७ बर्ष सम्म रह्यो । वि.सं. १५४५ को मंसिर ४ गते ताकमकोटको थापा राज्य अर्नाकोटका राजा समालवंशि ठकुरी डिम्वबम मल्लले कव्जामा लिए । थापा दरवारकै भाईभारदार गैचन छन्तेल र रन्के मगरको विश्वासघातले थापा राज्य गुमेको थियो । म्याग्द िजिल्ला भित्र रहेका ३ वटा थापा राज्यहरु मध्ये ताकमकोट सवैभन्दा शक्तिशाली थियो । आफुलाई आपत् विपत् परेको बेलामा ज्यामरुककोटले ताकमकोट राज्यसंग सल्लाह र सहयोग लिने गथ्र्यो । ताकमकोटको पतन पछि ज्यामरुककोटको ह्याउ खस्किदै गयो भने डिम्वबम मल्लको साहस बढदै गयो । फलस्वरुप वि.सं. १५४६ को प्रारम्भतिरै डिम्वबम मल्ले ज्यामरुककोट कव्जा गरे । थापा राज्यको पालामा ८००० पर्वत भित्र रहेको ज्यामरुककोट अव मल्ल राज्यको १६००० पर्वतमा रहन गयो । धनश्याम मल्लको पालमा उनले ज्यामरुककोटलाई आफ्ना माइला छोरा भद्रिबम मल्ललाई जागिरका रुपमा दिएका थिए । भद्रिबमलाई आफ्नो राजगद्दि माथि आखा लगाएको शंका गरि उनका विमातृ दाजु त्यसबेला पर्वतका राजा मलेबम मल्ले वि.सं. १७४४ मा भद्रिबम मल्लको हत्या गरे । त्यो विभत्स हत्यापछि ज्यामरुककोट सिधैं मलेबम अन्र्तगत रहन गयो । वि.सं. १८४३ को असोज १४ अमरसिंह थापाको नेतृत्वमा आएको नेपाली फौजीसंग लड्न नसकी पर्वते राजा किर्तिबम मल्ल भागेपछि ज्यामरुककोट लगायत सम्पूर्ण पर्वत राज्य विशाल नेपालमा गाभियो । यसरी ज्यामरुककोटका पहिला राजा धर्मराज थापाका २३ औं पुस्ताका आफ्नै अमरसिंह थापाले आफ्नै पुस्तैनी थलो ज्यामरुककोटलाई नेपालको अभिन्न अंग बनाए । 
नेपाल एकिकरणको श्री गणेश गर्ने पृथ्वीनारायण शाह हुन भने उनको महाअभियानलाई अघि बढाउने राजेन्द्रलक्ष्मी र बहादुर शाह हुन् । पृथ्वीनारायण शाह एकीकरणको युद्धमा आफैपनि हतियार उज्जाउदै शत्रुसंग भिड्थे भने राजेन्द्रलक्ष्मी र बहादुर शाह युद्ध मैदानमा देखिन्नन् । युद्धको मैदानमा रगतको खोलो बगाउ“दै वैरीको उछित्तो पार्ने त बडाकाजी अमरसिंह थापा, भक्ति थापा, बलभद्र कु“वर, नयनसिंह थापा, पारस भण्डारी, अभिमानसिंह बस्नेत, रामकृष्ण कृु“वर आदि हुन् । यसमा पनि सबैभन्दा बढि रगत त बगाले थापाहरुले नै बगाएका छन् । इतिहास साक्षी छ । नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा का“गडा पु¥याउने श्रेय त बडाकाजी अमरसिंह थापालाई मात्र छ । अमरसिंह थापाले आफ्नो खु“डा र खुकुरी वैरीका छातिमा नबजारेको भए अहिलेको नेपाल देख्न पाइने थिएन । तिनै अमरसिंह थापाको अहिलेको नेपालमा कुनै लेखाजोखा छैन । उनको पुर्खौली थलो ज्यामरुककोट त नेपालको कुन कुनमा छ ? कसैलाई थाहा छैन । वीरताको अमूल्य इतिहास बोकेको ज्यामरुककोटलाई श्रद्धाभक्तिका साथ कोटीकोटी नमन ।

(त्रि.वि किर्तिपुरबाट इतिहास विषयमा स्नातकोत्तर अध्ययन पुरा गरेका लेखक यही बगाले थापा क्षत्री बंशका हुन्)

1 comment:

  1. Thank you for sharing the most important history of Nepal.

    ReplyDelete