Monday 7 September 2015

ताकम धारापानीमा बगाले थापाको निशान घर शिलान्यास


बगाले थापा बन्धुको उद्गम स्थल म्याग्दीको ताकम गाविसमा निशानघरको शिालान्यास गरिएको छ । बगाले थापा क्षेत्री समाज धौलागिरिको सक्रियतामा तथा ताकम गाविसका स्थानीय बन्धुहरुको सहयोगमा निशानघर निर्माण कार्य शुरु भएको हो ।
SAM_7243
ताकम १ धारापानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थानीय बयोबृद्ध धनबहादुर थापा, बगाले थापा धौलागिरि अञ्चल समितिका अध्यक्ष भिमबहादुर थापा, समितिका पुर्व अध्यक्ष एवं सल्लाहकार टमबहादुर थापा, निर्माण समितिका अध्यक्ष रिमप्रकाश थापा र सुवेदार पदमबहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।


निशानघर निर्माणका लागि स्थानीय सामबहादुर थापा, शेरबहादुर थापा, बलबहादुर थापा र राजकुमारी थापाले जग्गा प्रदान गरेपछि सोही जग्गामा करिव ३० लाखको लागतमा निशानघर निर्माण गर्न थालिएको हो ।निशानघर शिलान्यसका क्रममा स्थानीयबासीहरुको व्यवस्थापनमा बाजागाजा र भजन किर्तन सहित कार्यक्रम सञ्चालन भएको बगालेथापा क्षत्री समाज धौलागिरिका सचिव राज थापाले जानकारी दिए ।

No comments:

Post a Comment