कान्तिपुरमा प्रकाशित यो लेखको चर्चा परिचर्चा र प्रतिकृयाहरु पनि यथेष्टमात्रामा आएका थिए ।
– भीम बहादुर थापा क्षत्री
समाजमा आफ्नो वंशको इज्जत उच्चकोटीको देखाउन व्यक्तिविशेष वा जाति सम्प्रदायले धेरै अघि देखि नै सोझो घुमाउरो तरिकाले विभिन्न प्रयास गर्दै आएको पाइन्छ । आफ्नो जात उँचो– अर्काको जात निचो, आफ्नो धर्म सत्य– अर्काको धर्म असत्य आफ्नो रगत शुद्ध–अर्काको रगत अशुद्ध भन्ने मानवीय कमजोरी वर्तमान समाजमा पनि रहेको पाइन्छ । अझै प्रष्टरुपमा भन्नु पर्दा समाजमा स्थापित भै सकेका विद्वानहरुले नै जानी–जानी बुझ पचाएर कपोलकल्पित तर्क दिएर इतिहासलाई बङ्गाउन खोजेको पाइन्छ । इतिहास प्रमाणको आधारमा लेखिन्छ, लहडको आधारमा होइन । कुनै शिखरपुरुष वा प्रशिद्ध कुलसंग आफ्नो नाता जोडन इतिहास, वंशावली, धर्म, संस्कृति, परम्परा, शारिरिक बनावट जस्ता आधारभूत तथ्य प्रमाणहरु हुनु आवश्यक हुन्छ । नेपालको इतिहासमा बडाकाजी अमरसिंह थापा, भीमसेन थापा कहिल्यै बिर्सन नहुने अमर पात्रहरु हुन । राष्ट्रका यस्ता विभूतिहरुलाई आफ्नो पुर्खाको रुपमा स्थापित गरी समाजमा आफ्नो इज्जत प्रतिष्ठा उँचो देखाउन कसैलाई इच्छा लागेको हुन सक्छ । जंगबहादुर राणाले पनि आफुलाई मेवाडका महाराणा प्रताप वंशज भनी शाहवंशसंग वैवाहिक सम्वन्ध जोडेका थिए यस्तै गलत अभिष्ट पूर्तिका लागि केही बर्ष अघि देखि केही मगर मित्रहरुले आत्रेयगोत्री बगाले थापा क्षत्री वंशका अमरसिंह थापाहरुलाई “मगर थापा” भन्ने र लेख्ने धृष्टता गरेको पाइन्छ । अमरसिंह थापाहरु “क्षत्री थापा” भएको इतिहास र वंशावली सर्वत्र उपलव्ध छन् र उनका सन्तान हामीहरु पनि क्षत्रीको गौरव सहित नेपाली समाजमा प्रतिष्ठित छौ । मगर मित्रहरुलाई आफ्नो अध्ययन र अनुसन्धानको क्षेत्र बढाउन अनुरोध गर्दछौ ।
अमरसिंह थापाहरुका मूल पुरुष कालु थापा वि.संं १२४६ मा डोटीमा राजा भएका थिए । “आत्रेयगोत्री बगाले थापाहरु–श्री शाके ११११ मा डोटी काँडा मालिकामा आत्रेयगोत्री त्रिप्रवर शुल्क यजुर्वेदी धनुर्वेदी मध्यान्दिनी शाखाध्यायी श्री कालु थापाको जन्म कर्म शिक्षा दीक्षा राज्यस्थापना । वंश विस्तार भयो । ....... श्री शाके १२७८ श्रावण सुदि १० शुक्रे शिञ्जाधिराज पृथ्वी मल्लका माण्डलिकहरु मध्ये किदि थापा पनि थिये, गोर्खाधीश पृथ्वीनारायण आदिका सेनानीहरु मध्ये अमरसिंह थापा, भीमसेन थापा, माथवरसिंह थापा, रणध्वज थापा आदि थिये उनका सन्तान आज सम्म छन् (योगी, २०४६, भूमिका) ।” कालु थापाका ४ भाई छोराहरु पनि जेठा पुण्याखर थापा, माइला तारापति थापा, साईला विरु थापा र कान्छा धर्मराज थापा क्रमश ः पुला (म्याग्दी ), ताकम (म्याग्दी) रुकुमकोट (रुकुम) र ज्यामरुककोट (म्याग्दी) मा राजा भएका थिए । “समाल वंशी मल्ल ठकुरीहरुको पर्वत नामको राज्य स्थापना हुनु पूर्व धौलागिरि हिमश्रृंङखलाको काखमा पूर्वमा कालिगण्डकी, पश्चिम ढोरपाटन र दक्षिणमा गलकोटसम्म फैलिएको भू–भागमा ४,००० पर्वत भनेर चिनिने आत्रेयगोत्री बगाले थापाहरुको स्वतन्त्र राज्य रहेको थियो (बानियाँ, २०६२ः५७)।” यी राज्यहरुमा वि.सं. १२४६ देखि वि.संं १५४५ सम्म करिव ३०० वर्ष सम्म बगाले थापा क्षत्री वंंशको राज चलेको थियो । “वि.संं १५४५ तिर डिम्बमल्लले ताकम डोलाए, ताकममा पाइला जमाएपछि पुला र ज्यामरुककोट पनि हात पारे (बानियाँ, २०६२ः११)।” यिनै थापा क्षत्रीहरुले वि.सं. १४०६ मा काठमाण्डौ उपत्यकामा राजदेव मल्ल राजा भएको बखत बंंगालको नवाव समसुद्धिनले आक्रमण गर्दा राजदेवलाई फौजी सहयोग गरी मुसलमान लुटेरालाई धपाएका थिए । उक्त सहयोगबाट खुशि भएर “सो लडाकु सहयोगी टोलीमा सम्वन्धित भएका विभिन्न जातजातिहरुलाई राजा राजदेव मल्लले एक एक स्थानमा बस्ने तथा रहने स्थान दिए । बगाले थापा बसेको स्थान थापाथली, कार्की बसेको स्थान कार्कीथोक ..... आदि नामले पुकारीन थाल्यो (थापा, २०६०ः१३–१४)।” वि.सं. १५४५ मा म्याग्दीको थापा राज्य माथि डिम्बबम मल्लको आधिपत्य भएपछि पनि केही थापाहरु त्यहाँबाट अन्यत्र लागेका थिए । वि.सं. १८४३ मा अमरसिंह थापाको पश्चिमी नेपालको विजय अभियानमा पनि उनले विजित राज्यहरुमा आफ्ना भाई भतिजाहरुलाई राजकीय अधिकार दिई स्थापित गर्दै गएका थिए । “विजय गरेका राज्यहरुमा अमरसिंह थापाले आफ्ना विश्वासिला र योग्य भाईभतिजाहरुलाई त्यस्ता राज्यको बागडोर सुम्पी अगाडि बढ्ने गरेका थिए ( थापा, २०६३ः३८)।” भीमसेन थापा र माथवरसिंह थापाको पतन पछि यी थापाहरु नेपालका कुना काप्चा लगायत भारततिर पनि बसाई सरेका थिए । यस प्रकारले बगाले थापा क्षत्रीहरु युद्धगत, राज्यगत र परम्परागत कारणले जुम्ला, डोटी, म्याग्दी, काठमाण्डौ उपत्यका, गोर्खा, हुँदै मेची–महाकाली र भारत सम्म फैलिन गए ।
१) वंशावली, इतिहास र साहित्य ः
बगाले थापा क्षत्रीका मूलपुरुष सन्त महाराज कालु थापा हुन । वंशावलीमा “क्षत्रृय कालु थापा वंशमा कालु थापाका छोरा जेठा पूर्णाखर थापा पुलामका राजा भया श्री तारापती थापा तावभका (ताकम) राजा भया ...... (शर्मा, २०५२ः५१)।”भन्ने उल्लेख छ। इतिहासमा हेर्दा “गोर्खा नगरके उत्तरमे सिह्रानचोक नामक एक प्रशिद्ध स्थान है । वंहा रंजै नामक एक थापा क्षत्रिय (बगाले) निवास करते थे ....... अमरसिंह थापा के सम्वन्धमे ‘वतनचोक‘ उल्लेख किया गया है (सहाय, १९५१ः१)।” भन्ने छ। यसै गरी डा.डिल्लिरमण रेग्मीले लेख्छन् “उनीहरु ( अमरसिंह थापाहरु) मगर त होइनन्, क्षत्री नै हुन् । .......... उनीहरु गोर्खाको बोर्लाङ निवासी बगाले थापा क्षत्री हुन (रेग्मी, २०५२ः२७) ।” साहित्यमा हेर्दा बालकृष्ण समले लेख्नु भएको छ ः–
“रंजै नामको बलवान एउटा बगाले थापा क्षत्री
कोदालाले भूंइको चपरी झिक्दै पल्टाउँदै थिए
उनले आफ्नो घरभित्र सुने बालक जन्मी रोएको
आँगनमा निस्की उनकी स्त्रीले
हाँस्तै भनिन–“नाति जन्म्यो”
रंजै कोदालो छोडी दौडे भन्दै “बालक अमर बनोस्” (सम, २००१ः१७) ।”
बाजेबाट अमरत्वको आशिर्वाद पाएका रंजै थापाका नाति, बाघ भीमसिेह थापाका छोरा वि.सं. १८०८ जनैपूर्णिमाका दिन गोर्खाको सिह्रानचोकमा जन्मेका यिनै बडाकाजी अमरसिंह थापाले नेपालको सिमाना पश्चिम किल्ला काँगडा पु¥याई मातृभूमिलाई अमर बनाउँदै आफू पनि अमर बने ।
२) थापा पछि क्षेत्री लेख्ने चलन नभएको ः
पहिलादेखि हालसम्म थापाहरुले प्रायः थापा पछि क्षत्री लख्ने गर्दैनन । थापा मगरहरुले भने पहिला पनि थापा पछि मगर लेख्ने गर्थे । जस्तै काजी देवदत्त थापा मगर, जसपाउ थापा मगर, काजी विराज थापा मगर आदि । ऐले पनि ओहोदावाल “थापा मगर” ले आफ्नो नामको पछाडी “था.म.” लेख्ने गरेको पाइन्छ । “तत्कालीन समयमा मगरहरुले स्पष्टरुपमा मगर नै लेखेको पाइन्छ भने क्षत्रीहरुले क्षत्री जोडेको पाइँदैन । त्यसै अनुरुप थापा मगरले मगर नै जोडेर लेख्थे भने थापा क्षत्रीहरुले थापा मात्र लेख्ने गर्थे । अर्थात मगर र क्षत्री बीचको विभेद पहिले देखि नै छंदै थियो , जस्तो भेद अहिले रही आएको छ । भीमसेन थापाहरु खस क्षत्री थिए, त्यसैले भातभान्छा बाहुन क्षत्रीहरुसंग गर्दथे र थापा मात्र लेखी क्षत्री जोडदैनथे (नेपाल, २०५२ः१८) ।”
३) बोर्लाङ निवासी, मनकामनाका पूजारी र कमारीको छोरो ः
भीमसेन थापा गोर्खा जिल्लाको बोर्लाङमा जन्मेकाले र त्यहाँ थापा मगरको घनाबस्ती भएकोले उनी पनि मगर थापा हुन भनाई रहेकोमा “... भीमसेन थापाको जन्मथलो बोर्लाङ नभएर पिपलथोक (हाल फिनाम गाविस) हो । बोर्लाङ त भीमसेन थापाले आफ्नो प्रधानमन्त्रित्व कालमा कुलानन्द जैसी (ज्योतिषी) ढकालले पाएको विर्ता किनेका हुन (वाग्ले, २०५२ः३६) । ” यसरी भीमसेन थापालाई बोर्लाङमा जन्मेका हुन त्यहाँ थापा मगरको बाहुल्य छ, भनेर भीमसेन थापा पनि मगर हुन भन्न मिल्दैन । त्यसै गरी मनकामनाको पूजारी मगर भएको विषयमा –“.... त्यहाँ मगर पूजारी भीमसेन थापाले आफ्नो पालादेखि राखेका होइनन्, त्यहाँ धेरै पहिले देखि नै मगर पूजारी थिए .... त्यहा मगर पूजारी रहेको कारण भीमसेन थापा पनि मगर हुन भन्ने कुरा त इतिहासगत तर्क नै भएन (राणा, २०५२ः३०) ।” भीमसेन थापालाई “कमारीको छोरा भनेर क्रोधले रणबहादुर शाहले थानकोटमा भनेको कुरालाई समसामयिक सन्दर्भसंग गाँसेर हेर्नुपर्छ रणबहादुर शाहले त उनलाई “ तँ मेरो बासुसरह होस” पनि भनेका छन् । त्यस आधारमा के उनलाई रणबहादुर शाहको बाबु भन्ने त ? त्यस्ता उदाहरणहरुको आधारमा हामीले कसैको बारेमा समग्र निर्णय निकाल्न मिल्दैन (मिश्र, २०५२ः२१) ।” बनारसबाट फर्कदा थानकोटमा दामोदर पाँडे फौज सहित रण बहादुर शाहलई पक्राउ गर्न पुगेका थिए, आफ्नो बेइजत हुने ठानी उनलाई नेपाल लिई आएका भीमसेन थापालाई रिसको झोंकमा रणबहादुर शाहले कमारीको छोरा भनेका थिए । रिसको झोंकमा कसैले वेद पढ्दैन । यस्तो गालीको आधारमा भीमसेन थापालई मगर भन्नु सुहाउने कुरा होइन ।
४) धर्म, संस्कृति, परम्परा, भाषा, पहिरन, शारिरीक बनावट आदि ः
थापा मगरहरु मंगोल किराँत कुलका हुन । थापा क्षत्रीहरु आर्य मूलका हुन । थामले प्रायः बुद्धधर्म मान्छन् भने थाक्षले प्रायः हिन्दू धर्म मान्छन् । थाममा घाटुनाच, सोरठी, भैलो आदिको चलन छ , थाक्षमा छैन । थामले देवी–देवता र कुल पितृलाई जाँड–रक्सी चढाउँछन् । थाक्षले दूध दही चढाउँछन् । थामले फुपुचेला मामा चेलामा विवाह गर्दछन् , थाक्षले गर्दैनन । थाम र थाक्षको भाषा फरक छ । पहिरन फरक फरक छ । थाम र थाक्षको शारिरीक बनावट पनि प्रायः मिल्दैन ।
५) विदेशी लेखकको भनाई सम्वन्धमा ः
भारतीय अंग्रेज सेनाका कप्तान इडन भेन्सीटार्टले भारतीय फौजमा “थापा मगर” को अधिक संख्या देखेर अमरसिंह थापाहरुलाई पनि “मगर” होलान भनेर अनुमान गरेका छन् । कुनै प्रमाण दिन सकेका छैनन । नेपालको इतिहासको बारेमा जानकारी नभएको विदेशीले लेखेका कुरा सबै ठिक हुन भन्ने नेपाली मानसिकताले प्रभावित भएर कुनै निर्णय गर्नु इतिहासको मर्म नबुझ्नु हो । “ सवैभन्दा पहिला इडेन भेन्सीटार्टले अमरसिंह थापा र भीमसेन थापा, मगर हुन भनी लेखे । तर यस सम्वन्धमा उनले कुनै पं्रमाणिक आधार दिन सकेको छैनन ( अधिकारी, २०५२ः३४) ।” यस्ता झिना मसिना तर्क तेर्साएर इतिहास बङ्गाउन मिल्दैन । बङ्गाए पनि कसैले पत्याउँदैन ।
उल्लेखित विवरणको आधारमा बडाकाजी अमरसिंह थापाको वंश आत्रेयगोत्री बगाले थापा क्षत्री भएको र यस वंशको इतिहास र वंशावली वि.सं १२४६ देखि हालसम्म निरन्तर कायम रहेको सत्य–तथ्य जिज्ञासु महानुभावहरुले स्वतः बुझ्नु हुनेछ । राष्ट्रिय अभिलेखालयमा रहेको बगाले थापा क्षेत्री को वंशावलीमा वि.संं १२४६ मा डोटीमा राजा भएका बगाले थापा क्षत्रीका मूल पुरुष कालु थापालाई “क्षत्रृय कालु थापा” भनी लेखिएको प्रष्ट हुँदा हुँदै यो वंश अर्कै जातको हो भन्नु एउटा गंजडी गफ जस्तै हो ।
नेपालको इतिहास, राजनीति, धर्म, संस्कृति, परम्परा हामी नेपालीले नै बनाउने हो । सत्ता स्वार्थका लागि आफ्नो सर्वस्व सुम्पेर विदेशीको इशारामा नाच्दा देशले के हविगत भेग्दैछ, सबैलाई थाहा भै सकेको छ । नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र सामाजिक एकतालाई अक्ष्क्षुण राख्न अमरसिंह थापा, भीमसेन थापाले आफ्नो बलिदान दिएका हुन । यस्ता राष्ट्रिय विभूतिहरुको जातपातलाई लहडको भरमा तलमाथि पार्न खोज्नु मध्यान्हको सूर्यलाई हातले छेक्न खोज्नु जस्तै हो । भावावेशमा स्वार्थवश लेखेको इतिहास, इतिहास होइन एउटा परीकथा मात्र हुन्छ । हाम्रो वंशलाई मगर देख्ने र लेख्ने जयबहादुर हितान मगर, डा. हर्ष बहादुर बुढामगर, विष्णु बहादुर पल्ली मगर, प्रदीप थापा मगर आदि लगायतका मित्रहरुले नेपालको प्रमाणित इतिहास लेख्न सकुन हाम्रो शुभकामना छ । अस्तु ।
सन्दर्भ सामाग्री
योगी नरहरि नाथ, २०४६, वगाले थापा वंशावली (भुमीका), ले बसन्त बहादुर थापा, काठमाण्डौ
बानियाँ, चन्द्र प्रकाश, २०६२, ऐतिहासिक पर्वत राज्य म्याग्दी, म्याग्दी पुस्तकालय, बेनीबजार
थापा, बसन्त, २०६०, आत्रेयगोत्री बगाले थापा क्षत्री वंशको ऐतिहासिक परिचय काठमाण्डौ
थापा, भीमबहादुर, २०६३, बगाले थापाको वंशावलीः बगाले थापा क्षत्री समाज, गुल्मी
शर्मा, जनकलाल,२०५२ (राष्ट्रिय अभिलेखालयमा रहेको बगाले थापाको वंशावलीबाट)
सहाय, श्रीलालजी, १९५१, “अमरसिंह थापा” हिन्दि अनुवाद
सम, बालकृष्ण, २००१ “अमरसिंह” नाटक
रेग्मी, डा. डिल्लीरमण, २०५२, अभिमान बर्ष २, अंक १ बगाले थापा क्षत्री कुलसुधार
समिति, काठमाण्डौ ।
नेपाल, ज्ञानमणी, २०५२ ऐ.ऐ.
बगाले, प्रा. भोजराज, २०५२, ऐ.ऐ.
राणा, प्रा.रुक्मिणी, २०५२ ऐ.ऐ
मिश्र, डा. तिर्थ प्रसाद , २०५२ ऐ, ऐ
अधिकारी, डा.सूर्यमणि, २०५२ ऐ.ऐ
लेखक परिचय ः
नाम ः भीम बहादुर थापा क्षत्री
ठेगाना ः पौंदी अमराई, गुरुङचौर (गुल्मी)
शैक्षिक योग्यता ः एम.ए. इतिहास (त्रि.वि. कीर्तिपूर)
पद ः पूर्व सह–अनुसन्धान निर्देशक, (रा.प.प्रथम, (राष्ट्रिय अनुसन्धान विभाग)
हाल ः अध्यक्ष, क्षत्री बुद्धिजीवी समाज, पश्चिमाञ्चल विकास क्षेत्र
ः अध्यक्ष , क्षत्री बुद्धिजीवी समाज, बागलुङ जिल्ला
अध्यक्ष ः बगाले थापा क्षत्री समाज, धौलागिरी अञ्चल
तपाईले यो लेख पहिले पनि पढ्नु भएको थियो कि थिएन ।

magar thapa le ladai gareko kahi hosotry xa
ReplyDeleteVery good n chalanging article by Bhim Thapa, Truth can't be change by false logic, fact is fact. History is written with golden ltr, which nvr ben change without acceptable evidences. Proud to be Bagale Thapa. Thanks
ReplyDeleteS Thapa (M.Sc.,TU, Kritipur)
Very good n chalanging article by Bhim Thapa, Truth can't be change by false logic, fact is fact. History is written with golden ltr, which nvr ben change without acceptable evidences. Proud to be Bagale Thapa. Thanks
ReplyDeleteS Thapa (M.Sc.,TU, Kritipur)